सेयर बजारमा गिरावट



काठमाडौं । हिजो बुधवार भारी अंककासाथ  उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने ओरालो लागेको छ । बिहीबार आज बजार २९.०७ अंकले ओरालो लागेको हो । आज बजार ओरालो  लागेसँगै १९३४.४७ विन्दुमा पुगेको छ । 

आज बजार ओरालो लागिरहँदा विभिन्न तिन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सर्किट लाग्नेहरूमा कृषि विकास बैंक , कालिन्चोक दर्शन लिमिटेड र  मैलुङ हाइड्रो पावर रहेका छन् । 

आज बजार ओरालो लागिरहँदा  सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथको सेयर मूल्य भने सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यसको सेयर मूल्य आज ५.५० प्रतिशतले ओरालो लागेको छ । त्यस्तै एआरएन  इन्फास्टक्चर  , धौलागिरि लघुवित्त एक्सल डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्तको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरै अंकले ओरालो लागेको छ ।

आज बजार ओरालो लागिरहँदा  १६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा  शिवम्  सिमेन्ट , एन आईसी एसिया बैक र हिमालय डिस्टिलरी रहेकाछन् ।  

प्रतिक्रिया दिनुहोस्