महानगरले फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गर्‍यो : सञ्चारमन्त्री शर्मा



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाले फोहोर नउठाए जनताको स्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रकाे फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी हुन् ।

 मन्त्री शर्माले महानगरपालिकाले कुनै अर्कै विषयको लागि फोहोर नउठाएको पनि बताएकी छन् ।  मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताइन् ।

उनले काठमाडौँ महानगरपालिकाका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन एन बुझेर काम गर्नुपर्ने  बताइन् । उनले अहिले सङ्घीय सरकार पनि त्यसको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन्। सञ्चार मन्त्री शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद्ग (ठन) आदेश, २०७५ को अनुसूची संशोधन गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्