काँग्रेसका पछिल्लो पुस्ता अध्ययनशील हुन  सकेनन् :  रामवरण यादव 



काठमाडौँ । पूर्व प्रथम राष्ट्रपति रामवरण यादवले  चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा गरेको बताएका छन् । आज बिहीबार काठमाडौँमा ‘द आइरन म्यान’ पुस्तक विमोचन गर्दै  पार्टीहरूले आफ्नो आदर्श र सिद्धान्तको आधारमा जनताको मत बटुल्नु आवश्यक रहेको बताएका छ ।

पूर्व राष्ट्रपति यादवले भने, ‘देश बनाउन इमानदारीपूर्वक जो अगाडि बढ्न सक्दैन, त्यसले गर्दा हामीलाई दर्द हुन्छ ।’काँग्रेसको पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताउँदै उनले काँग्रेसका नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका काँग्रेसीहरुलाई प्रशिक्षित गर्नुपर्ने बताउँदै  नेपाली काँग्रेसले देशको अगुवाइ गर्न नसकेकोमा गुनासो पनि पोखे ।

प्रतिक्रिया दिनुहोस्