काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहेका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना गरेका छन्।
विगतको अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समुन्नतिका लागि जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका हुन्।
मुख्यमन्त्री शाहले जनजीविकासँग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखी सङ्घ, प्रदेश, स्थानीय सरकारबीच सहकार्य र समन्वय गर्दै समुन्नति हासिल गर्नेतर्फ अग्रसर हुन समेत आग्रह गरेका छन्।