जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री गिरी



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन्।

मुख्यमन्त्री गिरीले दिएको नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको उल्लेख छ। उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा परिवर्तनको जगमा मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको बताएका छन्।

सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि राजधानी व्यवस्थापनको कार्यको थालनी गरिएको बताए।

मुख्यमन्त्री गिरीले जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए। ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्