नयाँ वर्षमा घुम्न गएका युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु



काठमाडौँ ।  नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको  पोखरीमा डुबेर मृत्यु भएको छ । उनको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको हो । भैरहवाबाट साथीहरूसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरी डुबेर ज्याएन गएको हो ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्