मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नै थिएन : जगन्नाथ खतिवडा



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले मुकुन्द न्यौपाने पार्टीको  बरेमा फरक मत राखेर पार्टी छोडेको विषलाई लिएर कडा उनीमाथि कडा प्रहार गरेका छन् । उनले न्यौपानेलाई राखेको फरक मत पार्टीमा छलफल गर्न लायकै नभएको बताएका छन् ।

 पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले नेता न्यौपानेले पार्टीको सिद्धान्त विपरीतको प्रस्ताव ल्याएका बताएका हुन् । उहाँले पार्टी छाडेपछि हाम्रो अभिलेखबाट नाम हटाउने निर्णय गरेका छौँ। उहाँको आरोप खण्डन गर्न लायक पनि छैनन्। त्यसैले हामीले त्यतातिर धेरै गएनौँ, उनले भने । नेकपा एसको आज बसेको बैठकले वैशाख  १ गतेलाई देशव्यापी पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्