बिहे नभएको राजनीतिक सन्न्यासी हुँ, प्रदूषित राजनीति सफा गर्छु : गृहमन्त्री श्रेष्ठ 



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  आफू राजनीतिक सन्न्यासी भएको बताएका छन् ।  उनले आफूलाई राजनीतिक सन्न्यासी भएको बताउँदै  राजनीतिलाई सफा गरी देशको विकास गर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै उनले ,राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठुलो महत्त्वको विषय  भएको बताए ।  प्रणाली परिवर्तन भएको तर त्यो पर्याप्त नभएको बताए  । उनले भने , राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरूले नेतृत्व गर्नुपर्छ । र आजको प्रदूषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्न्यासी भएको बताए । सन्न्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरू सन्न्यासी हुनुपर्‍यो । राजनीति चाहिँ फोहोरीहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने छाड्दिनु हुँदैन । मेरो विचार म पनि सन्न्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्न्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईँहरू सबैलाई थाहा छ म विवाहित पनि छैन , उनले भने ।

प्रतिक्रिया दिनुहोस्