वैशाख ९ मा संसद्मा सम्बोधन गर्दै राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी



काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समय सीमाको अन्तिम दिन प्रदेश सभा अधिवेशन  बोलाएका छन् ।  वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र संसद्मा सम्बोधन गरेर राजीनामा अधिकारीले तयारी छ ।

गण्डकी प्रदेशमा चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता  लिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अधिकारीले बिहीबारको मन्त्रिपरिषद्को बैठकबाट ९ गते संसद् अधिवेशन बोलाउने आह्वान गरेका छन् । विश्वासको मतका लागी एमालेले ९ गते सम्म भने प्रयास गर्ने छ । 

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित काँग्रेस सबैभन्दा ठुलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ । माओवादीबाट कृष्ण धिताल सभामुख रहेकाले काँग्रेस–माओवादी मिल्दा सरकार बनाउन पुग्ने सहज ३४ जना हुन्छन् ।

मनाङबाट स्वतन्त्र रूपमा सर्वसम्मत चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि मिल्दा अबको सत्ता गठबन्धन ३५ सदस्यीय रहन्छ । अहिले एमालेका २७ र राप्रपाका २ सदस्यसहित खगराज नेतृत्वको अल्पमतको सरकार छ ।

प्रतिक्रिया दिनुहोस्