वैशाख १० पछि सरकार ढल्छ : ज्ञानेन्द्र शाही 



 काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले  वैशाख १० गतेपछि अहिलेको सरकार ढल्ने बताएका छन् । उनले अहिलेको सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन  दिइरहेका बताएका छन् ।

पोखरामा शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता शाहीले १० गतेपछि  अहिलेको सरकार ढल्ने बताएका हुन् । उनले भने अहिले चुनाव जित्न सम्मका लागि मात्रै हो चुनाव जितेकै दिन यिनीहरूले विश्वासको मत फिर्ता लिन्छन् ।

फेल भए पनि पटक पटक नेतृत्वमा पुग्ने प्रवृत्तिले मुलुकलाई धरासाय बनाएको उनको भनाई रहेको छ ।  उनले भने, ‘हामी कुनै एउटा कक्षा फेल भयौँ भने फेरि त्यहीँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइँदैन । तर, यहाँ जति पटक फेल भए पनि पटक पटक नेतृत्वमा पुग्ने प्रवृत्तिको विकास भयो । यसले मुलुकलाई धरासाय गर्यो र तपाईँहरूले स्पष्ट बुझ्नुस् की वैशाख १० गते पछाडि संसदीय अङ्कगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्