नेपालबाट ८ महिनाको अवधिमा ६ करोड ३२ लाखको बराबरको अचार निर्यात , कुन देशमा कति ?



काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालबाट ६ करोड ३२ लाख रुपैयाँको अचार निर्यात भएको छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त  अचार संसारका विभिन्न  ९ देशहरूमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

नेपालबाट १ लाख ७ हजार किलो अचार निर्यात भएको छ । नेपालबाट विश्वका ९ वटा देशमा अचार निर्यात हुने गरेको छ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत र अमेरिकामा लगायतका देशहरूमा नेपालको अचार निर्यात भएको भन्सार विभागले जनाएको छ ।

नेपालबाट अमेरिकामा १ करोड ९८ लाख २१ हजार रुपैयाँको अचार निर्यात  भएको छ । यो सबैभन्दा बढी हो ।  इटालीमा १ करोड २ लाख ९० हजारको अचार निर्यात भएको छ । यस्तै, अस्ट्रेलियामा ७७ लाख रुपैयाँको अचार निर्यात हुँदा क्यानडामा ३२ लाखको अचार निर्यात भएको छ । यता जापान र कोरियामा समान ८६–८६ लाख रुपैयाँको अचार निर्यात भएको विभागको तथ्याङ्कमा देखिएको छ । हङकङ र बेल्जियममा भने क्रमशः ४ लाख र ९ लाख रुपैयाँको अचार निकासी भएको छ ।

प्रतिक्रिया दिनुहोस्