स्वर्णिमलाई ‘बुथ क्याप्चर’ हुने चिन्ता ! 



तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुनसक्ने बताएका छन् । तनहुँमा उपनिर्वाचनको दौडानमा रहेका वाग्ले  एक आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने ,तपाईँहरूले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तीनको हामीले संरक्षण गर्न सकौँ । मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।’

वाग्ले यसअघि नेपाल काँग्रेसमा रहेको थिए । वाग्ले केही समयअघि मात्रै नेपाली काँग्रेस परित्याग गरी रास्वपामा गएका  हुन् । तनहुँ-१ मा ९ जना उम्मेदवार रहेका छन् ।

तनहुँमा नेपाली काँग्रेसका तर्फबाट गोविन्द भट्टराई, ‍नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल उम्मेदवार रहेका छन् । राप्रपाकोतर्फबाट केन्द्रीय सदस्य शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार, राष्टिय जनमुक्तिको तर्फबाट पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्