ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड र देउवा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन्। आइतबारदेखि अस्वस्थ रहेका ओलीलाई भेट्न प्रचण्ड र देउवा उनकै निवास जान लागेका हुन्।

दुई नेता सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीलाई भेटेर प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य लाभको कामना गर्ने प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रमुख तीन दलका नेताहरूबीचको भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकबारे छलफल गर्ने कार्यक्रम छ।

ओली अस्वस्थ भएका कारण पछिल्लो समय शीर्ष नेताको तहमा भइरहेको भेटवार्ता समेत प्रभावित भएको छ। संसद्‌मा विचाराधीन रहेको संवैधानिक परिषद्‌सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्