जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना घाइते



जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ६ जना ज्यान गएको छ ।

जाजरकोट-डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन बेलिब्रजि भाँचिएको हो ।

घटनामा ६ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा ल्याएको जानकारी आएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्