सेयर बजारमा गिरावट



काठमाडौँ । हिजो सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बिहीबार भने ओरालो लागको छ ।  साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से आज १५.७३ अङ्कले ओरालो लागको हो ।

बजार आज ओरालो लागेसँगै १९ सय ४ दशमलव ४० को विन्दुमा पुगेको छ ।  आज बजार ओरालो लागिरहँदा विभिन्न कम्पनीका ९८ करोड बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढ्नेमा कालिन्चोक दर्शन लिमिटेड, मैलुङ हाइड्रो पावर लिमिटेड र सनराइज बुलु चिफ फन्ड रहेका छन् । आज  सबै धरै अङ्कले ओरालो लाग्नेमा एन एमबी  सुलभ इन्भेस्टमेन्ट फन्ड ,  आदर्श लघुवित्त लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्