यस्तो बन्यो,अर्थमन्त्रीको विज्ञ सल्लाहकार समूह



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारको समूह बनाएका छन् । उनले डा. विश्वनाथ पौडेल, डा.पोषराज पाण्डे र डा.गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।

अर्थमा पौडेल र पाण्डे अवैतनिक रूपमा अर्थमा खटिने भएका छन् भने नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्ट अर्थ मन्त्रालय आएर काम गर्ने छन् ।

डा।पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।डा।पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । भट्लाई राष्ट्र बैङ्कबाट काजमा मन्त्रालयमा तान्न लागिएको हो । नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैङ्क तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्