गठबन्धन बलियो बनाउन उपेन्द्र यादवलाई जिताउनु देउवाको आग्रह



काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा–२ जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आग्रह गरेका छन् । देउवाले बारामा उपेन्द्र यादवले जिते गठबन्धन बलियो हुने बताउँदै यस्तो आग्रह गरेका हुन् ।

बारामा आज बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे ।

सङ्घीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार रहेको र देउवाले ऐतिहासिक ठाउँसमेत रहेको बाराबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्