प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भएपनि टुङ्गो नलागेको  बताएकी हुन् ।

उनले भनिनन् ,’प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ। तर मिति तय भइसकेको छैन। भारत छिमेकी राष्ट्र हो। छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा के कस्ता विषयहरूमा छलफल गर्ने भनेर मन्त्रालयहरूबाटै तयारी गरेर मन्त्रिपरिषदबाट निर्णय भएर नै छलफलका विषयहरू छनोट हुने हो । अहिले छलफलको विषय प्राथमिककरण भएको छैन।’

प्रतिक्रिया दिनुहोस्