राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बिच मस्कोमा शिष्टाचार भेट भएको छ।

अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बिचमा भएको भेटमा आपसी  लगानी र सम्झदारीका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पुर्वाधार बिकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पुर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने बिश्वास ब्यक्त गरे।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणमा नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रुस भ्रमणमा रहेको छ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह रहेका छन्। आजै राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्