पार्टीका प्रवक्ता लाई गिरफ्तार गर्नु संविधान माथिकाे खिल्ली : मशाल 



काठमाडौँ । नेकपा मशालले आफ्ना पार्टीका कार्यक्रर्ताहरुले निर्वाचन बहिष्कारका कार्यक्रम गरिरहेका समयमा पक्राउ गरेकोमा त्यो कार्यले संविधानको खिल्ली उडाएको बताएको छ । तनहुँमा भइरहेको उपनिर्वाचनको विरोध गरिरहेकाहरूलाई आज प्रहरीले दमौलीबाट पक्राउ गरेको हो ।

मशालले विज्ञप्तिमा भनेको छ, ‘हाम्रो पार्टी ने.क.पा.(मशाल ) को निर्वाचन बहिष्कार अभियान अन्तरगत तनहुँको दमौलीमा आयोजित कोणसभाबाट हाम्रो पार्टीका केन्द्रीय प्रवक्ता कमरेड राम बहादुर बुढालाई गिरफ्तार गरेर यो सरकारले स्वयंले संरक्षण गर्नुपर्ने संविधानको खिल्ली उडाउने काम गरेको छ। वाक स्वतन्त्रताको लागि नेपालीहरूले लामो लडाइँ लड्नु परेको इतिहास छ । यसरी लडेर प्राप्त गरेको अधिकारलाई यो सरकारले कुण्ठित गर्ने काम गरेको छ। विरोध गर्न पाउने   संवैधानिक व्यवस्थाका विरुद्ध , अपहरण शैलीमा प्रहरी द्वारा गरिएको गिरफ्तारी को हाम्रो पार्टीले कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दछ।

तनहुँको दमौलीबाट गिरफ्तार गरिएका कमरेडहरू केन्द्रीय प्रवक्ता कमरेड आर बि बुढा , गण्डकी ब्युरो प्रवक्ता कमरेड पुष्पलाल श्रेष्ठ, पार्टी जिल्ला सचिव नर बहादुर थापा , मशाल नेता धन बहादुर परिवार लगायतका कार्यकर्ता एवं  जन साधारण लाई प्रहरीले  गरेको गिरफ्तारी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।प्रचण्ड नेतृत्वको दस दलिए राष्ट्रघाती  सरकारले झन् पछि झन् जन विरोधी कार्य गर्दै गएको हुँदा यश प्रकारका गतिविधि तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छौ। गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरू को बिना सर्त रिहाइको माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्