‘मलाई काँग्रेस, एमाले र माओवादीका असल कार्यकर्ताको पनि साथ छ’



काठमाडौँ । तनहुँ-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफूलाई एमाले काँग्रेस सबैको साथ रहने बताएका छन् । उनले आफूलाई काँग्रेस र एमालेका असल  कार्यकर्ताको पनि साथ पाएको बताएका हुन् ।

चितवनमा आयोजित चुनावी सभामा बोल्दै देशमा रूपान्तरण गर्नुपर्छ भनेर माओवादी केन्द्र र नेकपा एसका नेताहरूको पनि साथ दिने बताएका हुन् ।

‘अहिले जे भइरहेको त्यो ठिक छैन भनेर वैशाख १० को निर्वाचनको नतिजाबाट जनताले ठुलो सन्देश दिँदै छन् । यो सन्देश हामीले जोगायौँ भने २०८४ को निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्छौं । यसले ठुलो कम्पन दिन्छ’ ,उनले भने ।

प्रतिक्रिया दिनुहोस्