मलाई चितवनले रोपेको हो ; रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चितवनवासीले रोपेको बताएका छन् । चितवन २ का उम्मेदवार रहेका लामिछानेले आफूलाई रोपेको बताउँदै अब हुर्काउने पालो चितवनवासी भएको बताएका छन् ।  

‘चितवनमा आयोजित चुनाविसभामा बोल्दै उनले भने, ‘गत निर्वाचनमा तपाईँहरूले रोपेको विरुवा हुँ म । त्यो विरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरुलाई संकलन गरेर मल बनाएका छौं । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौं । अब जल हाल्ने जिम्मेवारी तपाईँहरूको हो ।’ चितवनले अब परिवर्तनको घण्टी बजाउने दाबी गर्दै लामिछानेले आफूहरूले परिवर्तनको घण्टी बजाउने बताए ।

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । अहिले आफूहरुविरुद्ध सबै शक्ति लागेको उनको भनाइ छ । उनले देशलाई चुस्ने भ्रष्टहरुलाई कारबाही गरेरै छाड्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्