नेपालको राजनीतिमा विकृति भारी भइरहेको छ : माधवकुमार नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृती हाबी भइरहेको बताएका छन् । शनिवार  काठमाडौँमा आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी  गरेका छन् । कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको पनि  उनको भनाई रहेको छ ।

उनले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिस्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरू विद्यमान छन्। व्यक्तिवादको रोग लागेको छ । भ्रष्टिकरणको प्रवृत्ति व्याप्त रहेको छ। सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्व शक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ। अरूलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरू सबैलाई बडो अपमानपूर्ण ढङ्गले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ।’ उनले नेपालको राजनीतिमा सत्तामा जाने र सत्तामा गएपछि व्यक्तिवादी हाबी हुने प्रवेती भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्