ढुङ्गा प्रहारबाट महिलाको हत्या गरी फरार रहेका तीन जना पक्राउ 



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नं.५ बसगौरा घर भएकी ६३ वर्षीया गोमती थापा मगरकोलाई ढुङ्गा प्रहारगरी हत्या गरेर फरार रहेका तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । ढुङ्गा प्रहार गरी महिलाको हत्या गरी फरार रहेका गोपाल राउटे सहित अन्य तीन जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार परशुराम ५ बासगौराकी ६३ वर्षीया  गोमति थापा मगरलाई राउटेले सामान्य विवाद हुँदा ढुङ्गाले  प्रहार गरी हत्या गरेका हुन् । हत्या पछि गोपाल राउटे सँगै ४३  वर्षीया  बुवा हरिलाल राउटे र ३८ वर्षीया  आमा हिरा देवी राउटे २ दिन देखि फरार रहेका थिए।

प्रहरीले उनीहरूको लोकेसन ट्र्याक गरिरहेको थियो। शनिवार बिहान परशुराम-६ असुर्यानि जङ्गल तिर लोकेसन ट्र्याक गरेको थियो । तर, उनीहरू त्यो ठाउँमा भेटिएनन् ।

परशुराम ३ सिमल्टाको जङ्गलमा लुकिरहेको अवस्थामा उनीहरूलाई त्यहाँका स्थानीयहरूको विशेष सहयोगमा प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो ।  पक्राउ परेका तिनै जनालाई आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा लगिने तयारी रहेको  इलाका प्रशासन प्रमुख गङ्गा दत्त बडुले बताएका छन् ।

फरार अभियुक्तको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशी नेतृत्वको टोली, इलाका प्रशासन कार्यालय जोगबुढा र शश्त्र प्रहरीको टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्