बारामा मतदान केन्द्रमा होहल्ला गर्ने  चार जना पक्राउ



बारा । बारामा मतदान केन्द्रमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको देवताल गाउँपालिका वडा नं.२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको हो ।  अहिले  मतदान भने जारी  रहेको  छ । अहिलेसम्म बारा क्षेत्र नं.२ मा १५ प्रतिशत मतदान भइसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्