कीर्तिपुरस्थित त्रिवि परिसरबाट चितुवा नियन्त्रणमा



काठमाडौँ । कीर्तिपुरमा वन कार्यालयले ट्र्यापमा पारेर चितुवालाई नियन्त्रणमा लिएको छ । चितुवा नियन्त्रणमा लिन वन कार्यालयले उपलब्ध गराएको खोरमा प्रहरी र स्थानीयले कुखुरा राखेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कम्पाउन्ड भित्रको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिइएको हो । चितुवालाई वन कार्यालयले चिडियाखानामा लैजाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्