फेसबुक लाइभमा आउँदै रविले भने,मतदान स्थलमा जाने अवस्था रहेन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा आफूमाथि हुल हुज्जत भएपछि तत्काल आफूलाई मतदान स्थलमा जाने अवस्था नरहेको बताएका छन् ।

फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भने, ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौँ ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुल हुज्जत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्