तनावपछि चितवनका दुई केन्द्रमा रोकियो मतदान



काठमाडौँ । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान  रोकिएको छ ।  मतदान भइरहेको वेलामा तनाव भएपछि मतदान रोकिएको हो ।  भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं.११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि  तनाव भएको हो ।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नाराबाजी गरेका थिए । मतदान स्थलमा नाराबाजी गरेको भन्दै अन्य दलहरूले त्यसको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्