माफी माग्ने सहमतिसँगै चितवनमा रोकिएको मतदान पुनः सुरु



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा विवाद हुँदा रोकिएको मतदान पुनः सुरु भएको छ।रोकिएको मतदान सर्वदलीय बैठकपछि सुरु गर्ने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए।मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध जनाएका हुन् ।मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ।

साथैआचारसंहितामिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ। मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ।

प्रतिक्रिया दिनुहोस्