लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी



काठमाडौँ । चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाअध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

लामिछाने विरुद्ध नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् ।

मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुल हुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित गरेको उनीहरूको दाबी रहेको छ ।

किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको कुरा पनि उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्