चितवन-२ मा घट्यो मतदाताको आकर्षण



काठमाडौँ । उपनिर्वाचन हुने भएपछि तातिएको चितवनको निर्वाचन क्षेत्र २ मा मतदाताको आकर्षण घटेको छ । चितवनमा मंसिरमा देखिएको आकर्षण भन्दा अहिलेको मतदाताको आकर्षण घटेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ । चितवनमा केही मतदान केन्द्रहरू विवाद हुँदा मतदान केही समयका लागि रोकिएको थियो ।

अहिले पनि चितवनमा मतदाताहरू लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म लाइनमा लाग्नेनेहरू मतदान गर्न पाउने भएका छन् । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यति बेला १ लाख २४ हजाvर २१७ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्