तनहुँ-१ मा ५१.७० प्रतिशत मत खस्यो



काठमाडौँ । तनहुँ-१ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको हो ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्