शुक्लाफाँटाको बाघलाई जावलाखेल ल्याइयो



काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याएर राखिएको हो ।

बाघले वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरी मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्