रामचन्द्र पौडेलको ठाउँमा काँग्रेसले हार्ने अवस्था आएपछि देउवा चिन्तित



काठमाडौँ । विगतमा निर्वाचन जितेका ठाउँमा नेपाली काँग्रेसले वैशाख १० गते भएको उपनिर्वाचन अन्तरगत तनहुँ -१ मा अहिले सम्मको मत परिणामलाई हेर्दा धेरै पछि परेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को  प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति भएको बताएका छन् ।

सोमबार बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक  परिणामले पार्टीमा गम्भीर परिस्थिति भएको भन्दै  छलफल गरिनुपर्ने बताएका हुन् ।

देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा काँग्रेस चुनाव हार्नुपर्ने परिस्थिति भएको बताएका हुन् । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार स्वर्णिम वाग्ले अरू भन्दा भारी मतले अघि रहेका छन् । नेपाली काँग्रेसमा उम्मेदवार गोबिन्द भट्टराई दोस्रो स्थानमा छन् । भने,नेकपा एमालेका उम्मेदवार  तेस्रो  स्थानमा रहेका छन् । वाग्लेले केही समय अघि मात्रै नेपाली काँग्रेसपार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्