सुस्ताउँदै सेयर बजार 



काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अङ्कको सामान्य वृद्धि भए पनि कारोबार रकम भने ओरालो लागेको छ ।

सोमबार नेप्से २.७१ अङ्कले उकालो लागेको हो  । आज नेप्से उकालो लागेसँगै ८८८.३२ को विन्दुमा पुगेको छ । बैङ्किङ उपसूचक ०.०१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.८५ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.२२ प्रतिशतले गिरावट भएको छ । लघुवित्त, विकास बैङ्क, हाइड्रोपावर, जीवन बिमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने गिरावट भएको छ । करिब ८३ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ । कालिन्चोक दर्शन लिमिटेडको सर्वाधिक करिब ८ करोड ८२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ३ करोड र नबिल बैङ्कको २ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।आज पिपुल्स पावर कम्पनीको सेयरमूलक सर्वाधिक ८.११ प्रतिशतले वृद्धि हुँदा आँखुखोला जलविद्युत कम्पनीको ३.५६ प्रतिशत र मन्दाकीनी हाइड्रोपावरको सेयर मूल्य ३.२५ प्रतिशतले वृद्धि भएको छ ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.६२ प्रतिशतले गिरावट हुँदा मोलुङ हाइड्रोपावरको ५.९१ प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य ४.५८ प्रतिशतले  ओरालो लागेको छ  ।

प्रतिक्रिया दिनुहोस्