बलिउडका यी चर्चित अभिनेता जाे हेमा मालिनीकाे पछाडि ‘पागल’ भएर लागेका थिए



मुम्बई : बलिउडकी ड्रिम गर्ल अर्थात् हेमा मालिनी सुन्दर अभिनेत्रीमध्येकी एक हुन् । उनको पालामा उनलाई चाहने धेरै थिए । उनलाई आफ्नो बनाउनेको त्यसबेला लस्कर नै लागेको थियो भन्दा पनि फरक नपर्ला ।  

 

हेमाले बलिउडमा कैयौँ सुपरहिट फिल्म दिएकी छन् । उनी जति सुन्दर थिइन्, अभिनय पनि त्यतिकै बेजोड । उनको सुन्दरताको अगाडि बलिउडका कैयौ हिरो पागलझै बनेका थिए । 

 

बलिउडका तीन अभिनेतासमेत हेमाको दिवाना थिए । ती तीन नै अभिनेता हेमाको पछि लागेका थिए । तीनमध्ये एक अभिनेताले हेमाको चक्करमा पूरै जिन्दगी कुमार नै रहे । हेमाको पछि लागेका ती तीन अभिनेता जसको चर्चा यहाँ गरिएको छ । 

सञ्जीव कुमार

ड्रिम गर्ल हेमालाई सञ्जीव कुमार निकै प्रेम गर्थे । हेमा पनि उनलाई चाहन्थिन् । तर, बीचैमा धमेन्द्र आए । पछि धमेन्द्रसँगै हेमाले लगनगाँठो कसिन् । 

 

जितेन्द्र 

अभिनेता जितेन्द्र पनि हेमाका लागि मरिहत्ते गर्थे । उनले हेमालाई विवाहको प्रस्तावसम्म राखेका थिए । त्यसबेला हेमा र धमेन्द्रको अफेयर चलेको थियो । जुन जितेन्द्रको नसिबमा भएन । जितेन्द्रसँग हेमा विवाहका लागि तयार पनि थिइन् । तर धमेन्द्रको एक फोनले उनले विवाहको फैसला बदलिदियो । 

 

 

राजकुमार 

पाका कलाकार राजकुमार पनि हेमाको सुन्दरतामा दिवाना भएर पछि लागेका थिए । बलिउडमा डायलग किंग नामले परिचित राजकुमार हेमासँग बिहे गर्न चाहन्थे । प्रस्ताव पनि गरेका थिए । तर, हेमाले उनको प्रस्ताव अस्वीकार गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्