‘समानुपातिक निर्वाचन प्रणाली खारेज  गरौँ’



काठमाडौँ। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । आज (बुधवार)को राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजको माग राखेका हुन् ।

उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने  बताएका छन्। त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने देवकोटाको भनाइरहेको छ ।

‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । प्रतिनिधि सभा र प्रदेशसभाको सङ्ख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔँ ‘, उनले भने ।

प्रतिक्रिया दिनुहोस्