पूर्व राजालाई ओलीको चेतावनी ; बढ्ता फुरफुर नगर, हिसाब किताब गर्न नपरोस्



काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । उनले हिजो नेकपा एमालेले आयोजना गरेको झापाको एक कार्यक्रममा भएको झडपलाई  हिमानी शाहले जनताले ढुङ्गा हानेछन् भनेर ट्विट गरेको बताए ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुङ्गा हानेको देखिछन् । अनि ट्विट गरिगरिकन जनताले केपी ओलीलाई ढुङ्गा हाने रे ।’

ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए । तर त्यो हिमानिको अकाउन्ट फेक रहेको पाइएको छ । उनले भने, ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’

प्रतिक्रिया दिनुहोस्