थप १११ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु



काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  स्वाम्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ३७८ जना पुगेको छ भने संस्थागत आइसोलेसनमा १८ जना, आइसियुमा ६ जना र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।  पछिल्लो २४ घण्टमा  ६० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्