थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ३२८ जना पुगेको छ भने संस्थागत आइसोलेसनमा २८ जना, आइसियुमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । आइतबार मात्रै ५५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्