ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ  । उनी विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १ लाख घुस मागेको पाइएपछि अख्तियार बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्