सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौँ । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च मुल्यमा पुगेको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

आज बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्