प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता !



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता हुने भएको छ । आज शुक्रवार दिउँसो ३ बजे भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज दिउँसो ३ बजे सिंहदरबार मा भेटवार्ता हुन लागेको हो । तर , भेटवार्ता केका लागि हुन लागेको हो त्यो भने बताइएको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै यो दोस्रो भेट हो । बिहीबार पनि दुई नेताबिच सिंहदरबार मा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्