यो वर्ष अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने, गर्मी पनि बढ्ने प्रक्षेपण



काठमाडौँ ।  विगतका वर्षहरूको तुलना यो वर्ष  देशका विभिन्न स्थानहरूमा कम पानी पर्ने भएको छ । विगतका वर्षहरूको तुलना यो वर्ष विभिन्न ठाउँहरूमा कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो स्थानअनुसार फरक पर्ने देखिएको छ ।

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने छ । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उनले बताएका छन् ।

विगतका दुई वर्षमा नेपालमा औसत भन्दा धेरै वर्षा भएको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले कम वर्षाको सम्भावना रहेको हो । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भू–भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू–भाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने, ४५ देखि ५५ प्रतिशत  सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशका पश्चिमी भूभाग, बागमती प्रदेशका धेरैजसो भूभाग, लुम्बिनी प्रदेशका केही भूभाग र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङ लगायतका भू–भागमा सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वका थोरै भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली र गण्डकीका धेरैजसो, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिम तथा मध्य क्षेत्र र कोशिका दक्षिण क्षेत्र भने झनै कम पानी पर्ने सम्भावना रहेको छ ।  वर्षा कम हुने ठाउँहरूमा गर्मी औसत भन्दा धेरै हुने सम्भावना रहेको छ ।

तापक्रम

अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसै गरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । भने , सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत  रहेको छ ।  नेपालमा मनसुनको अवधि १८ जेठदेखि १३ असोजसम्म रहने अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्