बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफलमा अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीहरूसँग छलफल गरेका छन् । छलफलमा पूर्व अर्थमन्त्रीहरूले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरू थप नगर्न सुझाव दिएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरूलाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्म विश्वास बढाउने गरी बजेट निमार्णमा लागि परेको  बताएका छन् ।

अर्थमन्त्री महतले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताएका छन् ।  यसका लागि पूर्व अर्थ मन्त्रीहरूबाट निरन्तर सुझाव प्राप्त हुने आशा उनले व्यक्त गरे ।

छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाशचन्द्र लोहनी, डा।युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्