नेपाल लाइफ २३ औँ वर्षमा 



काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले आज विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरूले गर्नु भएको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका बिमा अभिकर्ताहरु, मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्नुहुने सेयर धनी महानुभावहरू, नेपाल बिमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै यस २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्नु भएको छ।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताउनु भयो । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गर्नुभयो ।

२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सात वटै प्रदेशबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । उत्त कार्यक्रम मार्फत कोसी प्रदेशको बिर्तामोडमा ५६, मधेस प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत सङ्कलन गरिएको छ ।

“किनकि जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरूको घर दैलोमा जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्त सम्ममा लगानी रु। १६२।२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमा कोष करिब १५८ अर्ब रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्