महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीले लिए शपथ



काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुरेन्द्रराज आचार्यले मन्त्रीको शपथ लिएका छन्। उनले महिला तथा बालबालिका तथा जेष्ठ नागरिकको मन्त्रालयको जिम्मेवारी समालेका हुन् । नलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नियुक्तिका लागि सिफारिस गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई मन्त्री नियुक्त गरी आज दिउँसो शपथग्रहण गराएका हुन्। नेपाली काङ्ग्रेसबाट अहिलेको सरकारमा ९ जना मन्त्रीहरू रहेका छन् । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ। महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्