ठुला भ्रष्टाचारका फाइल खोले सरकारलाई हाम्रो समर्थन : लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलेले ठुला भ्रष्टाचारका फाइलहरू खोलेमा अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पनि समर्थन रहने बताएका छन् ।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए।

उनले भने , ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरू पक्राउ परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नामहरू आइराखेका छन् । विगतका वाइड बडी काण्ड, ललिता निवास, ए नसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन। यदि पुष्पकमल दाहालले सु नियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ।’ उनले अब वाइड बडी काण्ड, ए नसेल, ललिता निवास जग्गा प्रकरण लगायतको फाइल खोल्नुपर्ने बताए।

उनले भने , ‘क्यान्टनमेन्टको घोटाला काण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के होरु फाइल खोलेर उहाँले त्यसलाई आफु चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो । भ्रष्टाचारको डङ्गुर माथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइँदैन यो कुरालाई।’

प्रतिक्रिया दिनुहोस्