देउवा र खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि कारबाही



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ। मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकममाथि कारबाही काउन्सिलले कारबाही गरेको हो ।

सो अनलाइनले ‘भुटानी शरणार्थी प्रकरण : आरजु देउवा र पूर्व गृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। खाणले ‘म मञ्जु खाणलाई जोडेर नक्कली आवाजको भिडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको’ भन्दै कारबाही माग गरेकी थिइन्।

अनलाइनको सम्प्रेषित सामग्री अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिएको र उक्त वेबपोर्टल नियमानुसार दर्ता एवम् सूचीकरण भएको नदेखिएको काउन्सिलले जनाएको छ। अनलाइनलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्र लेखेको छ।

प्रतिक्रिया दिनुहोस्