संवैधानिक परिषदद्धारा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस



काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । आज सोमबार बसेको परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले परिषद्ले कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको बताएका छन् । कार्की हाल कामु प्रधानन्यायाधीशको रूपमा रहेका छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्